आज:  | Sat, 27, Jul, 2024

नीलकण्ठ नगरपालिका धादिङद्धारा आगागी नीति कार्यक्रम बारे सुझाव संकलन

२७ जेष्ठ २०८१, आईतवार २०:०४ मा प्रकाशित ( १ महिना अघि) २०९ पाठक संख्या
नारी बाटिका



बिबियु

धादिङ २७ जेठ ।

नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८१ ।०८२ का लागी नीति, कार्यक्रम र बजेटमा समेटिनु पर्ने विषयहरुमा सुझाव संकलन कार्यक्रम गरेको छ । आईतबार नगरपालिकाले सरोकारवालाहरुलाई सहभागी गराई सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यभार उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदी तथा विभिन्न सरकारी कार्यलयका प्रमखहरु,गैरसरकारी संघसस्थाका प्रमुख एव्ं प्रतिनिधीहरु, नगरपालिकाभित्रका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।    

कार्यक्रमका वक्ताहरुले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा उत्पादनमूखी तथा लक्षित वर्गमुखी कार्यक्रमलाई जोड दिनुपर्ने ,


आन्तरिक स्रोतलाई बढावा दिनुपर्ने, प्रशासनिक खर्च कटौति गर्नुपर्ने, नगरपालिकामा आउने गुनासो व्यवस्थापन गर्नु पर्ने,सुझाव दिएका छन् । यसैगरी सोही कार्यक्रममा सरोकारवालाहरुले स्थानीय विज्ञहरुसँग परामर्श तथा सुझाव लिनुपर्ने,  
बजारक्षेत्रको ट्राफिक व्यवस्थापन,खानेपानी समस्या,सार्वजनिक जग्गा व्यक्तिले कव्जा गरी उपभोग गरिरहेकाले


सो को व्यवस्थापन,कर्मचारीहरु नागरिकका सेवामुखी हुनु पर्ने,सुचनाको हकलाई व्यवस्थित गर्नु पर्ने, नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्नुपर्ने र टुक्रे योजना नियन्त्रण गर्नु पर्ने लगायतका सुझाव राखेका थिए ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस