आज:  | Sat, 27, Jul, 2024

झोलुंगे पुल चुडिएपछि कर्णालीका डेढसय विद्यार्थी विद्यालय जानबाट बञ्चित

२९ जेष्ठ २०८१, मंगलवार १७:४८ मा प्रकाशित ( १ महिना अघि) १४६ पाठक संख्या
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम रिर्पोटर

अछाम -२९ जेठ ।

गत आइतबार अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका(स्थित कर्णाली नदीको झोलुंगे पुल चुडिएपछी सो क्षेत्रका विद्यार्थीहरु पढ्नबाट बञ्चित भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबिस नगरपालिका वडा न. ४ जोड्ने झोलुंगे पुल चुडिएपछी सो क्षेत्रमा आवतजावत गन बन्द गरिएको छ। झोलुंगेपुल नभएपछि स्थानीयबासीहरूको दैनिकीमा समेत समस्या परेको छ भने विद्यार्थीहरू पढ्नबाट बञ्चित भएका हुन्।

सो क्षेत्रका विद्यार्थीहरुको विद्यदालय सोही पुल तरेरे पारीपट्टी जानु पर्ने अवस्था थियो । तर यतिवेली पुल नहुदा उनीहरु  पढ्नबाट बन्चित भएका छन्  । उक्त क्षेत्रका समुदायलाई आफ्नो दैनिकी चलाउन पनि समस्या भैरहेको छ ।

पुल नभएकै कारण विद्यालय जानैबाट बालबालिकाहरु बन्चित भएपछी तत्काल पक्की पुल बनाउन सोही पञ्चदेवल विनायक नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारसंग लिखित रुपमा माग गरिएको प्रमुख प्रशासकीय अधिकृत धुर्व प्र.सापकोटाले जानकारी दिनु भयो ।

पुल नहुँदा सबैको पढाइ नै रोकियो,तत्काल पक्की पुल बनाएर सहज वातावरण मिलाउनु पर्‍यो ।’ भन्नेमा सो क्षेत्रका अभिभावकहरुको गुनासो रहेको छ । अहिले पुल नहुँदा अछामका विद्यार्थीहरू दैलेख र दैलेखका विद्यार्थीहरू अछाममा भएको विद्यालयमा पढ्न जान नसकेको प्रशासकीय अधिकृत सापकोटाले बताउनु भयो । ‘आज विद्यार्थीहरू विद्यालय जानै सकेनन्,त्यसैले यथा शिघ्र पक्की पुल बनाउनु पर्‍यो राज्यले उहाँको भनाई छ ।

उहाँका अनुसार उक्त पुल २०६१ सालमा काम सुरू भइ २०६३ सालमा काम सम्पन्न भएको थियो। तर,काम कमसल भएकै कारण पुल चुडिएको स्थानीयहरूले बताएका छन्। अहिले पैसा तिरेर ढुंगाबाट वारपार गर्न स्थानीयहरू बाध्य छन्। तर विद्यार्थीहरुलाई भने यो संम्भव छैन ।

‘अब झोलुङ्गे होइन पक्की पुल सरकारले बनाउनु पर्छ भन्ने अभियान नै थालेको छौं । हिजो आज अछामको दूध ताजा तरकारी दाउरा नआउँदा खिडिज्युलामा दूध चिया खान पाइँदैन र वारी खिकिज्युलाबाट पारी नुन, चामल, दाल तेल, लुगा किन्न वारी नै आउनु पर्नछ। त्यती मात्रै हैन सामन ल्याउनै थप २ सय बढी ढुवानी खर्च लाग्ने बताउनु भयो ।

हामी उहीँ १८ औ शताब्दी तिर त पुगिरहेका छैनौँ ? जस्तो लाग्छ। त्यो २०६२।६३ अघि त पुल भएको ठाउँमा तुइन थियोु, उहाँले भन्नु भयो अहिले त्यो हटाएर झोलुङ्गे पुल बन्यो। हिजो आज पानी परेको छैन पानी परेपछि कर्णाली नदी बढेपछि वारी पारी जाने त आकाशको फल आँखा तरी मर जस्तै उखान हुने छ।’ सापकोटा भन्नु हुन्छ,त्यसैले हामीले लगभग १ महिनालाई विद्यालय बन्द गर्नु पर्ने अबस्था सिर्जना भएको छ । यसका लागी हामी सम्वन्धित सरोकारवालाहरुसंग राय,सल्लाह लिने तयारीमा छौं ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस