आज:  | Thu, 18, Jul, 2024

नेपाल राष्ट्रिय कर्मचारी महासंघ धादिङको जिल्ला भेला सम्पन्न

१० असार २०८१, आईतवार ०५:०८ मा प्रकाशित ( ३ हफ्ता अघि) २१० पाठक संख्या
नारी बाटिका


धादिङ ९ असार ।

नेपाल राष्टिय कर्मचारी महासंघ धादिङको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धादिङ ईन्चार्ज पुष्पबिक्रम मल्लको प्रमुख आतिथ्यता,जिल्ला संयोजक मनराज भण्डारी, र पार्टी कर्मचारी फ्याक्सन ईन्चार्ज नवराज अधिकारीको बिशेष आतिथ्यतामा जिल्ल भेला सम्पन्न भएको हो ।

उक्त भेलाले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । यस्तै समितिको उपाध्यक्षमा डा.दिनेश रेग्मी, सचिवमा बिष्णु प्रसाद रिजाल, कोषाध्यक्षमा निर्मला केसी, र सह–सचिवमा शुशिला सुवेदी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रामचन्द्र रिजाल, रन्जु ढुङ्गाना,यम बहादुर श्रेष्ठ,अर्जुन प्रसाद खतिवडा, मान बहादुर बोहरा, शिवराज श्रेष्ठ, जानुका तिमल्सिना,सीता कोईराला, रुमेश गदाल र योग बहादुर भण्डारी रहेका छन् । साथै यसै भेलाको अवसरमा पार्टीको तर्फबाट पार्टी प्रशिक्षण कार्यक्रम समेत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस