आज:  | Sun, 09, Feb, 2025

३२ क्विन्टल सुन ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी भएको खुलासा

१८ असार २०८१, सोमबार १५:३५ मा प्रकाशित ( ७ महिना अघि) ८७४ पटक पढिएको
नारी बाटिका


 

काठमाडौं १७ असार ।

नेपालमा ठुलो परिमाणमा सुन तस्करी भएको खुलेको छ । केन्द्रीय प्रहरी अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको हो।

ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको जनाएको छ । यसमध्ये ब्रेक सुमा लुकाएर ३६२।७७८ केजी र इलेक्ट्रोनिक मालसामानमा लुकायर २८३१.८९ केजी सुन ल्याएको ब्यूरोका प्रवक्ता एसएसपी होबिन्द्र बोगटीले जानकारी दिनु भयो।

जसको हालको बजार मुल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ बराबरको हुन आउँछ। इलेक्ट्रोनिक मालवस्तु अन्तर्गत पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन लगायत सामानभित्र लुकाई सुन तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ।

पछिल्लो पटकको ६० केजी सुन तस्करी प्रकरणको फाईलमा अनुसन्धान गर्ने क्रममा सिआइबीले यो तथ्य फेला पारेको हो। त्यसैगरी सिआइबीका अनुसार गिरोहले सुन तस्कर गर्नमा सहज बनाउनका लागि पाँचवटा कम्पनी खडा गरिएको भेटिएको छ।

जस अनुसार भुजेल इलेक्ट्रिक सप्लायर्सबाट १३०३.९६५ केजी, हवाडा इलेक्ट्रिक सप्लायर्सबाट ६३२.७९५ केजी, छुंगाक इलेक्ट्रिक सप्लायर्सबाट ७१६.८३, दोलखा इलेक्ट्रिक सप्लायर्सबाट १७०.८ र रेडी ट्रेड प्रालिबाट ७.५ केजी सुन तस्करी भएको सिआईबीको अनुसन्धानबाट खुल्न आएको हो।

त्यस्तै पछिल्लो समयमा धमाधम सुन तस्करहरु प्रक्राउ पर्दै जाँदा प्रहरीले थप अनुसन्धानका क्रममा २० जना थ िपक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा भारत घर भइ काठमाडौं २२ संकटास्थित सुन रिफाइनेरी पसल संचालन गरी बस्ने २० वर्षीय सिद्धार्ठ्ठ भन्ने सिद्धनाथ गायकवाड, सोही ठाउँका २१ वर्षीय धिरज दिनेश भोइटे रहेका छन् ।

त्यसैगरी भारत घर भई ललितपुर १२ पाटनमा सुनको परीक्षण गर्ने टंच हाउस संचालन गरी बस्ने २१ वर्षीय प्रशान्त गणेश बजबलकर, पर्साको वीरगंज १६ स्थायी घर भई काठमाडौंको मैतीदेवीमा बस्ने ५३ वर्षीय सुरेन्द्रमान श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपालिका ९ पलासेका ३९ वर्षीय राजु खत्री लगायत रहेका व्यक्तिहरु रहेका छन्।

साथै सुन तस्करी प्रकरणमा पक्रउ नोटिसमा रहेकाहरु मध्य नेपाली, भारतीय र चिनियाँ मुलका नागरिक समेत गरी २६ जना फरार रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस