आज:  | Tue, 10, Sep, 2024

‘सञ्चार सम्बद्ध संस्थालाई समावेशी चरित्रको बनाउन माग राख्दै नौ बुँदे ध्यानाकर्षण पत्र

३ भाद्र २०८१, सोमबार ०५:०४ मा प्रकाशित ( ३ हफ्ता अघि) ९९ पाठक संख्या
नारी बाटिका


काठमाडौं ३ भदौ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउनु पर्नेमा जोड दिन भएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आईतबार ज्ञापनपत्र बुझ्दै उहाँले सो कुरा बताउनु भएको हो। मन्त्री गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्था समावेशी चरित्रको बन्न नसक्दा सबै समुदायको आवाजको प्रतिनिधित्व हुन नसकेको भन्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

दबूले आइृबार नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्चार सम्बद्ध संघ संस्थाको संरचना समावेशी चरित्रको बनाउन माग सहिको ज्ञापन पत्र बुझाएको थियो । प्रेस काउन्सिल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित सरकारी सञ्चार माध्यमको नेतृत्वमा समानुपातिक सहभागिताका आधारमा समावेशी बनाउन दबूले माग गरेको छ ।

त्यसैगरी सरकारले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदा मातृभाषामा पनि सन्देश प्रवाह गर्न दबूले मन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ । साथै, सञ्चार मन्त्रालयको तर्फबाट पत्रकार सम्बद्ध संघ संस्थालाई उपलब्ध गराइने अनुदानमा जातीय पत्रकार संघलाई पनि समेट्न दबूले ध्यानाकर्षण गराएको छ ।

सोही क्रममा दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जगतमान वैद्य (धर्मादित्य धर्माचार्य)को नाममा हुलाक टिकट प्रकाशन गर्न पनि माग राखेका थिए । वि।सं। १९८२ मा पहिलो पटक वैद्यले नेपाल भाषामा ‘बुद्ध धर्म’ पत्रिका प्रकाशन गरेको इतिहास रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

सो क्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, दबूमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस