आज:  | Tue, 10, Sep, 2024

आफुले कार्यक्रम उत्पादन र सञ्चालन मात्रै गरेको बाँकी राईलाई सोध्नोस् ,रवि लामिछाने

८ भाद्र २०८१, शनिबार ०५:५८ मा प्रकाशित ( २ हफ्ता अघि) ९२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ८ भदौ ।

रास्वपाका सभापति एवं पुर्व गृह्रमन्त्री रवि लामिछानेले आफुले सहकारी संस्थामा कार्यक्रम उत्पादन र संन्चालन मात्रै गरेको बयान दिएका छन् । सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपित लामिछानेसंग सुक्रबार संसदीय छानबिन विशेष समितिले लिएको बयानका क्रममा उनले आफूले गोरखा मिडियामा कार्यक्रम उत्पादन र सञ्चालनको काम मात्रै हेरेको र आर्थिक पक्ष जति सबै जीबी राईले नै हेरेकोले सो विषयमा आफु निर्दोष रहेको बयान दिएका छन्।

शुक्रवार सिंहदरबारमा समितिले लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुको जवाफमा उनले आर्थिक पक्ष आफ्नो जिम्मेवारीमा नरहेकोले सो बारेमा सबै कुरा जिबी राईलाई नै जानकारी भएको बताएका हुन्। छानबिन समितिका संयोजक सूर्य थापाले सभापति लामिछानेले आफू प्रवन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमामात्र केन्द्रित रहेको र आफूलाई आर्थिक विषयमा कुनै जानकारी नै नभएको बताएको जानकारी दिए।

‘आजको बैठकमा हामीले गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित सवालका प्रश्नशरु तथा, विभिन्न छानबिनबाट देखिएका विषय, संसदमा उठेका, सार्वजनिक सञ्चार माध्यममा आएका प्रश्नहरुको सन्दर्भमा दुईजनालाई सोधपुछका लागि बोलाएका थियौँ। पहिलो गोरखा मिडिया नेटवर्कका संस्थापक मध्यका पूर्वसञ्चालक छविलाल जोशी र ‘गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक, तथा शेयर सदस्य ,हाल प्रतिनिधिसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँगको सोधपुछ गरेको बताएका छन् ।

संयोजक थापाले भन्नु भयो सोधिएका प्रश्नको जवाफमा आफ्नो गोरखा मिडियासँगको सम्बन्धबारे, जीबी राईसँगको चिनजानका बारे, जीबी राईको व्यावसायिक संलग्नताबारे बताउनु भएको छ।’ त्यस्तै लामिछानेले आफ्नो नाममा कहाँबाट कसरी रकम जम्मा भयो भन्ने कुरामा पनि जीबी राईलाई नै सबैकुरा थाहा हुने बताएको थापाले बताएका छन्।

‘छानविन समितिले ५० को हाराहारीमा प्रश्नहरु राखिएको बताएका छन्। आधा जतिमा सोधपुछ गरिरहेका छौँ। विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर,नागरिकता लगायतका कागजातहरु त्यहाँ समावेश नभएको अहिलेसम्म यही कुराहरु राख्नुभयो‚’ थापाले भने‚ ‘कहाँबाट कसरी रकम जम्मा भयो भन्ने कुरा जीबी राईलाई नै थाहा हुने बताउनु भएको छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस