आज: २०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

काठमाडौं १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

२०८१ मंसिर १७, सोमबार मा प्रकाशित ( १ साल अघि) ८७२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १७ मंसिर।

काठमाडौं महानगरपालिकाको वडा नम्वर–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। सत्तारुढ दलका उम्मेद्वारलाई पछार्दै रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्।

श्रेष्ठका प्रतिद्वन्दी एमालेका लक्ष्मीरत्‍न तुलाधरले २२ सय २० पाएका छन्। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएका छन्। यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस