आज:  | Sun, 12, Jan, 2025

रविको बयान सहकारीबाट पैसा ल्याएको थाहा दिएनन्, मैले थाहा पाए कर्तुत बाहिर आउने उनीहरूलाई डर

८ पुष २०८१, सोमबार ०६:१४ मा प्रकाशित ( २ हफ्ता अघि) २२६४ पटक पढिएको
नारी बाटिका


फ़ाईल तस्वीर

काठमाडौँ ८ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम कहाँबाट आएको भनेर आफुलाई थाहा नदिएको भन्ने बयान दिएका छन् ।

गत कात्तिक २ देखी सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेले टेलिभिजन सञ्चालक कम्पनीमा आफ्नो १५ प्रतिशत शेयर रहे पनि बाँकी पैसा कहाँबाट आएको भन्ने बारे आफू जानकार नभएको दाबी गरेका हुन् ।

आइतबार कास्की जिल्ला अदालतमा उनीसहितका व्यक्तिहरु विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भइसकेको छ । सो प्रकरणमा लामिछानेले आफूमाथि लागेको आरोपको इन्कार गर्दै बयान दिएका छन् । जीबी राईले कुन कुन सहकारी संस्थाबाट पैसा ल्याएको बारे जानकारी आफू पदमा रहुन्जेलसम्म नदिएको उनको बयान छ ।

यस्तै बयानका क्रममा भनेका छन्, ‘म सम्बद्ध गोर्खा मिडियाले मेरो जानकारी,सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन । उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन ।

यसका साथै उनले सहकारीबाट पैसा आएको बारेमा आफूलाई थाहा भएमा उनीहरू (जीवी)को कर्तुत बाहिर आउने डर भएकाले उनीबाट लुकाएको बताएका छन् ।

रवीले भनेका छन्, ‘ मलाई जानकारी भएको खण्डमा यिनीहरूको कर्तुत बाहिर आउने डर समेत राखी योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत क्यापिटलाइज गरिएको रहेछ भन्ने उल्लेख गरेको, रवि लामिछानेको नाउँमा सहकारीको कम्प्युटर लेखा प्रणाली सिस्टममा अभिलेखीकरण गरिएको  हो।

यसैगरी उनले भनेका छन्’ रवि लामिछानेको नाम उल्लेख भई खोलिएको बचत र ऋण खाता मेरो उपस्थिति, मन्जुरी र जानकारीमा खोलेको अवस्था नभएको तथा उक्त खाता खोल्दा कम्प्युटर प्रणालीमा पूर्ण विवरण समेत भरेको नपाइएको हुँदा सो खातामा रवि लामिछानेको हुने कुरै भएन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस