आज:  | Fri, 28, Mar, 2025

पछिल्लो केही दिनदेखी सुनको मूल्यमा भारी रुपमा वृद्धी

२९ माघ २०८१, मंगलवार १७:२६ मा प्रकाशित ( १ महिना अघि) ३५६६ पटक पढिएको
नारी बाटिका


काठमाडौँ, २९ माघ ।

सुनको मूल्यमा भारी रुपमा बढ्दा, चाँदीको मूल्यमा भने गिरावट आएको छ ।

अन्तर्राष्ट्रीय रुपमा हुने डलरको रेट अनुसार नेपाली बजारमा प्रभाव पार्ने सुन चाँदीको कारोबारमा पछिल्लो केही दिनदेखी भारी रुपमा सुनको मुल्य बढीरहेको छ । जस अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू छ सयले बढेको हो ।

सोमबार प्रतितोला रू एक लाख ६९ हजारमा कारोबार भएको थियो भने आज सुनको मुल्य बढेर प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तर चाँदीको मूल्यमा भने गिरावट आएर प्रतितोला रू ३० घटेको हो । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ ले कारोबार गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस