काठमाडौं ५ फागुन ।
भारतको टेक्नोलोजी(केआईटी)मा अध्ययनरत एक नेपाली छात्राको मृत्यु भएको छ । यस्ता घटनाले कुनै देशमा पनि नेपाली विद्यार्थीहरु सुरक्षित छैनन् भन्ने बुझिन्छ ।
कलेज प्रशासनले विद्यार्थीलाई निकालेर रेल स्टेशनमा पुर्याएको घटना बाहिर आएको छ । भारतको ओडिसास्थित कलिगां इन्सिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी(केआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको विरोध गरेपछि त्यहाँ अध्ययनरत हजारौं नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गरिएको हो ।
केआईटी कलेजमा बी.टेक.तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गएराती मृत अवस्थामा शव फेला परेको थियो । प्रकृतिसँगै अध्ययरत नेपाली विद्यार्थीहरूका अुनसार लम्साललाई कलेजकै विद्यार्थी अधविक श्रीवास्तव नामका विद्यार्थीले निरन्तर दुर्व्यवहार गरिरहेका थिए । आफूमाथि भइरहेको दुर्व्यवहारको बारेमा प्रकृतिले कलेज प्रशासनमा ४ हप्ता अघि उजुरी पनि दिएकी थिइन । तर, कलेजले यस विषयलाई गम्भीर रूपमा नलिएको जनाइएको छ।
कलेज प्रशासनमा प्रकृतिले उजुरी दिएको केही समयपछि फेब्रुअरी १६ को राती उनको रहस्यमयी मृत्यु भभएको थियो । लम्सालको मृत्यु भएपछी त्यस कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । विद्यार्थीले प्रदर्शन गरेपछि कलेज प्रशासनले त्यहाँ रहेका १४ सय विद्यार्थीलाई प्रहरी परिचालन गरी गाडिमा हालेर रेलवे स्टेशनमा पुर्याएको हो ।
अहिले नेपाली विद्यार्थीमाथी भारतीय कलेज प्रशासनको ज्याजतीका कारण विद्यार्थीले भनेका छन्“हामीलाई राती नै कलेजले बसमा हालेर, भुवनेश्वर र कटक स्टेशनमा ल्याएर राखेको छ ।”प्रहरीले प्रकृतिमाथि दुर्व्यवहार गर्ने युवकलाई पक्राउ गरिसकेको ओडीसाबाट प्रकाशित हुने ओरिसा पोस्टले जनाएको छ । तर, कलेजले विद्यार्थीहरुलाई फिर्ता बोलाएको छैन् ।
“हाम्रो सार्थी प्रकृति लम्साल बी. टेक. थर्ड एअरमा पढ्थिन् । उनलाई एउटा केटाले हर्यास गरिरहेको थियो । यस विषयमा उनले ४ हप्ता अगाडि नै कम्पलेन पनि गरेकी थिइन् । तर, कलेजले वास्ता गरेन् । हिजो राती उनको रहस्यमयी मृत्यु भयो । उनको मृत्युको कुरा कलेजले दबाउन खोज्यो,’ नेपाली विद्यार्थीले भनेका छन् ।
‘यस्तै विद्यार्थीले भनेका छन् हामीले त्यसको विरोध गर्यौं । त्यसपछि यहाँ रहेका सबै नेपाली विद्यार्थीलाई राती नै बसमा हालेर भुवनेश्वर र कटक रेल स्टेशनमा ल्याएर छाडियो । हामीसँग, टिकट, पैसा केही पनि छैन् । पिडित नेपाली विद्यार्थीका अनुसार कलेजमा भएका सबै नेपाली विद्यार्थीलाई रेल स्टेशनमा ल्याएर छाडेपछि विचल्ली भएको छ ।
सोमबार विश्वविद्यालयले एक सूचना जारी गर्दै नेपालका सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनिश्चित कालका लागि रोक लगाएको छ भने मंगलवार विश्वविद्यालयको क्याम्पस खाली गर्न नेपाली विद्यार्थीलाई विश्वविद्यालयले निर्देशन पनि दिएको छ ।
मृतक लम्सालको शवलाई पोष्टमार्टमका लागि भारतकै क्यापिटल अस्पताल पठाइएको छ । यो विषय नेपालको संसदमा समेत पुगेको छ । उच्च स्रोतका अनुसार नेपाली विद्यार्थीहरुलाई कलेज फर्काउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस