
नारी बाटिका
कतिपय मानिसमा पसिनाले छाला तैलीय बनाउँछ र सबै छिद्र बन्द गर्छ भन्ने बुझाइ छ । यो गलत हो । पसिना नआउँदा पहिले नै भरिएको छिद्र र छालामा ब्ल्याकहेड्स बन्ने सम्भावना रहन्छ ।
गर्मीमा पसिना धेरै आएमा तिर्खा पनि बढी लाग्छ । पानी पनि बढी नै पिइन्छ । यसले शरीर हाइड्रेड बनाइरहन्छ र छालामा पनि फाइदा पु¥याउँछ । पसिनाले छालामा पु¥याउने फाइदा निम्नानुसार छन् ः
– पसिनाले शरीरमा भएका टक्सिन निकाल्न सहयोग पु¥याउँछ ।
– शरीरको सबै हानिकारक पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।
– टक्सिन पसिनाका रूपमा बाहिर ननिस्किदा छालामा नोक्सान पु¥याई ब्ल्याकहेड्स तथा तिलकोठी आउने सम्भावना रहन्छ ।
– पसिना आउँदा शरीरबाट मिनरल्स र प्राकृतिक नुन निस्कन्छ । यसले एक एक्सफोलियटको काम गर्छ ।
– यसले रोमछिद्र सफा गरी छालामा जमेको फोहोर सफा गर्नुका साथै सुख्खा छाला तथा एलर्जीको समस्या पनि कम गर्छ ।
– अनुहारमा जमेको फोहोर सफा गर्छ र पसिनाले शरीरको फोहोर तथा मृत छालाका कोषिका बाहिर निकालेर छाला सफा बनाउँछ ।
– पसिनाका कारण छालाले फ्रेस महसुस गर्छ । कुनै पनि वर्क आउट तथा छिटो–छिटो हिँडेको एक घन्टापछि ऐनामा हेरेमा छालामा एक किसिमको चमक देखिन्छ । यही पसिनाले नै छालामा जमेको फोहोर सफा गर्छ ।








प्रतिक्रिया दिनुहोस