
नारी वाटिका संवाददाता
काठमाडौँ -९ पुस ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजी अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै उनले गएराति १० बजेदेखि माइतीघरमा आमरण अनसन बसेका छन् ।
जेनजी समुहका मिराज ढुंगानाको नेतृत्वले सुशीला कार्कीको सरकारले जेनजीको भावना अनुसार काम गर्न नसकेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले समेत आमरण अनसन थालेका हुन् ।












प्रतिक्रिया दिनुहोस