आज:  | Tue, 18, Feb, 2025

राष्ट्रपतिलाई नागरिकता विधेयक स्वीकृत नगर्न चौतर्फी दबाब

९ भाद्र २०७९, बिहीबार ०७:५८ मा प्रकाशित ( २ साल अघि) ८२३ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिनुभएको छ ।

 

सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गराई सो विधेयक फेरि राष्ट्रपतिसमक्ष पठाउने तयारीलाई तीव्र पारेको छ । राष्ट्रपति भण्डारीले छलफलका क्रममा बुधबार नेपाली सेनाका पूर्व र बहालवाला उच्च पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा सेनाका पूर्वजर्नेलहरूले राष्ट्रपति संविधानको पालक र संरक्षक भएकाले संविधानको रक्षा गर्नकै लागि पनि यथास्थितिमा आउने नागरिकता विधेयक कुनै पनि हालतमा स्वीकृत गर्न नहुने सुझाव दिनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदासहित नागरिकता विधेयकलाई परिमार्जन गर्न सुझाव दिँदै केही दिनअघि मात्रै प्रतिनिधिसभामा फिर्ता गर्नुभएको थियो । तर, २ भदौमा बसेको प्रतिनिधिसभा बैठकले सो विधेयक जस्ताको त्यस्तै स्वीकृत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस