आज: २०८३ जेष्ठ ३, आईतबार | Sun, 17, May, 2026

मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

२०८२ अषाढ १५, आईतबार मा प्रकाशित ( १0 महिना अघि) १०३२४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१५ असार ।

आइतबार मुगमा भूकम्प गएको छ। आज दिउँसो २ बजेर ३४ मिनेटको समयमा मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो।

भूकम्प मापन केन्द्रका अनुसार जिमा क्षेत्र वरपरको भूभागमा भूकम्पको केन्द्र रहेको जनाइएको छ। भूकम्पका कारण उक्त आसपासका क्षेत्रस्थित बस्तीहरूमा धक्का महसुस गरिएको थियो । तर हालसम्म जनधनको क्षति भए नभएको विवरण भने प्राप्त भएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस