आज:  | Fri, 26, Apr, 2024

करका दर हेरफेर र अनियमितता हुन नदिने अर्थमन्त्री प्रकाश शरण महत

१४ बैशाख २०८०, बिहीबार ०८:३५ मा प्रकाशित ( १ साल अघि) २३२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ — वैशाख १४ विहिवार ।

देशमा कलकारखाना,व्यपार व्यवशाय,वेरोजगारको समस्या र अवस्थामा कुनै ध्यान हुदैन त जब सरकार परिवर्तन हुन्छ देशमा करका दर पनि हेरफेर हुने यस अघिका परमपरा भने नौला होइनन् । त्यस्तै देशको आर्थिक बिकासमा टेवा पुर्याउने तिन खम्वेको रुपमा सहकारी तथा वित्तय संस्थालाई लिने गरेको भएता पनि तिनै तहको सरकारले गलत गर्नेलाई अनुगमन,निरिक्षण गरी डण्द,सजायँ नियम अनुसार चलेकालाई सम्रक्षण गर्न तर्फ कुनै चासो नै नदिई केवाल कर मात्रै अशुल्ने काम भईरहेको पाइन्छ ।

यसै सन्धर्वमा पछिल्ला अर्थमन्त्री प्रकाशशरण महतले भने नियम, कानुनलाई सम्झौता गरेर करका दायरामा हेरफेर नगरी अनियमिता समेत हुन नदिई बजेटमा कुनै पनि काम गलत हुन नदिने विशवास दिलाउन खोज्नु भएको हो ।

त्येस्तै यसअघिका सरकारले ल्याएका केही बजेट मार्फत अनियमितता भइरहेको छ भन्ने जस्ता अविश्वसको कारण सरकार प्रति देशका नागरिकहरुमा विश्वासको वातावरण पनि घट्तै गइरहेको परिपेक्षमा अर्थमन्त्री प्रकाशशरण महतले त्यस्तो अनियमितता कदापि हुन नदिने उद्घोष गर्नु भएको छ ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै देशको अर्थतन्त्र दोहन गर्नका लागि बजेट निर्माणका क्रममा हुने सक्ने चलखेलले आफ्नो कार्यकालमा स्थान नपाउने दाबी  समेत गर्नु भएको छ । ‘विगतमा बजेट निर्माणका क्रममा के भयो भन्नेमा म केही भन्न चाहन्न ।

तर, के विश्वास दिलाउन चाहन्छु भने कुनै पनि अनियमितता, नियम, कानुन, मूल्य र मान्यतामा विवरित म सम्झौता गर्न दिइँने छैन,’ उहाँले भन्नु भयो, ‘मेरो लक्ष्य सम्पूर्ण रूपमा कुनै निश्चित व्यावसायिक घरानालाई फाइदा पुग्ने गरी करका दररेट निर्धारण गर्ने कदापि हुन सक्दैन र कल्पना पनि गर्न सकिँदैन ।’

त्येसैगरी योजना बनाउने तर कार्यान्वयन गर्न नसकिने कार्यक्रम राखेर आगामी आर्थिक वर्षमा ठूलो आकारको बजेट पनि नल्याइने उहाँको भनाइ रहेको छ । कार्यान्वयन हुन नसक्ने धेरै कार्यक्रम र बजेटको आधार ठूलो बनाएर मात्र लक्षित उपलब्धि प्राप्त गर्न नसकिने बताउँदै , ‘आगामी बजेटमा स्रोत सुनिश्चित भएका र कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र समेटिनेछन्, बजेट वास्तविकतामा आधारित हुनेछ ।’

अघिल्ला अर्थमन्त्रीले बहुवर्षीय आयोजनाका नाममा स्रोत सुनिश्चित नभएका आयोजनाको चाङ लगाएकाले अहिले समस्या भएको गुनासो समेत गर्नु भएको थियो । ‘मेरो सम्पूर्ण कोसिस वास्तविक आकारको बजेट बनाउने नै हुनेछ । बजेट बनाउँदा सबै क्षेत्रबाट आयोजनाका लागि प्रस्ताव आउने गरेको भए पनि प्राथमिकताका आधारमा आयोजना छनोट गरेर मात्र बजेटमा समावेश गरिनेछ,’ , ‘आवश्यकता मध्येबाट पनि अत्यावश्यक आयोजना छनोटका लागि काम भइरहेको बताउनु भएको छ ।’

विगतमा बहुवर्षीय ठेक्काका नाममा स्रोत सुनिश्चित नभएका आयोजना पनि बजेटमा समावेश गरिँदै आएकाले अहिले त्यस्ता आयोजनाको कुल लागत ४ खर्ब रुपैयाँ भन्दा बढी रहेको बताउनु  भयो। ‘राज्यमा समस्या धेरै छन्, समाधान गर्न हामीले धेरै काम गर्नुछ । हामी बहुवर्षीय ठेक्कामा गएका छौं तर त्यस्ता ठेक्कामा ५० करोडको योजनाका लागि ५० लाख रुपैयाँ मात्र स्रोत छुट्याइएको छ,’ , ‘पूर्ण रूपमा स्रोत सुनिश्चित भएको छैन तर ठेक्का लाग्यो, काम सुरु भयो, थप पैसा भएन ।

त्यस्ता आयोजना करिब ४ खर्ब रुपैयाँ बराबरका रहेका छन् ।’ यसकारण पनि अहिले स्रोत सुनिश्चित भएका आयोजना मात्र छनोट गर्ने काम भइरहेकाले विकास आयोजनाको माग आएजति रातो बुकमा राख्ने प्रचलन हटाउनु पर्ने वताउनु भयो  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस