आज:  | Fri, 26, Apr, 2024

आज वागमती प्रदेशमा थप ६ मन्त्रीहरुले शपथ लिए

७ जेष्ठ २०८०, आईतवार १९:२९ मा प्रकाशित ( ११ महिना अघि) ५९४ पाठक संख्या
नारी बाटिका


वागमती प्रदेश ०७ जेठ आइतवार ।

आज जेठ ७ गतेका दिन बागमती प्रदेशमा थप ६ मन्त्रीहरुले शपथ लिनु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नव नियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।

नेकपा (एकीकृत समाजवादी) का डा( राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रिको शपथ लिनु भएको हो । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी,मन्त्रिमा, मसिना खड्काले वन तथा वातावरण मन्त्रिमा, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विना विभागीय मन्त्रीमा रामकृष्ण चित्रकारले शपथ लिनु भएको हो ।

यस अघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गा नारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइ सक्नु भएको छ । यस्तै नेपाली कांग्रेसको तर्फबाट बहादुर सिं लामा, आर्थिक मामिला तथा योजना र तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त हुनु भएको थियो ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुन मन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस