आज:  | Thu, 25, Apr, 2024

आजको राष्ट्रियसभाको बैठकमा एमालेका सांसदको हल्लीखल्ली र अवरोधमा २९ मिनेटका लागि स्थगीत ।

२१ जेष्ठ २०८०, आईतवार १८:४५ मा प्रकाशित ( १0 महिना अघि) ५३७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २१ जेठ आइतवार ।

आज बसेको राष्ट्रियसभाको बैठकमा नेकमा एमालेका सांसदहरुले विरोध गर्दै हल्ली र खल्ली गर्दैमा अवरोधका साथ विना निष्कर्ष २९ मिनेटका लागि स्थगीत भइ टुंंगिएको छ । तत्कालिन राष्ट्रपती विद्यादेवी भण्डारी बाट प्रमाणीकरण हुन नसकेको नागरिकता विधेयक वर्नमान राष्ट्रपती रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछी सोही विरोधमा नेकपा एमालेका सांसदहरुले आजको राष्ट्रियसभा बैठक अवरुद्ध पारेकोले बिना निष्कर्ष टुंगिएको हो

राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरुले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकबारे आपत्ति जनाउँदै उठेर अवरोध सिर्जना गर्नु भएको थियो । एमाले सांसद भैरव सुन्दर श्रेष्ठले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै सच्याउनु पर्नेमा माग समेत गर्नु भयो ।

२०६३ सालमा प्रतिनिधीसभाबाट संविधानिक रुपमा पारित भएको राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नु भएको छ, वंशजको आधारमा नागरिकता पाउनु पर्छ भन्ने विषयमा नेकपा एमाले प्रष्ट छ, तर संसदलाई छलेर मन्त्रिपरिषद्को निर्णयबाट प्रमाणीकरणका निम्ति राष्ट्रपति समक्ष पठाउने काम आपत्ति जनक, गैर लोकतान्त्रिक र गैर संवैधानिक छ”, उहाँले भन्नु भएको छ ।

यसैगरी सांसद भैरव सुन्दर श्रेष्ठले प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति प्रति असहमति जनाउँदै एमालेका सांसदहरुले जवाफ समेत माग गरेका थिए । सुरु हुने वित्तिकै एमालेका सांसदहरुले अवरोध गरेपछि बैठक २९ मिनेटका लागि स्थगीत गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस