
नारी वाटिका संवाददाता
काठमाडौँ -२० असार ।
रवी लामिछानेलाई उनी संलग्न भएका सबै जिल्लाको सहकारीको रकम ठगीको मुद्दामा धरौटी बुझाउँदै तारिखमा छुटेका थिए । तर उच्च अदालत बुटवलको आदेशले भने उनी पुर्पक्षका लागि भैरहवा कारागार छन् ।
केही समयदेखी भैरहवा कारागारमा रहेका लामिछानेलाई छुटाउन रास्वपाले हस्ताक्षर अभियान शुरु गरेकोमा हस्ताक्षर गरेका ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई प्रहरीले कारबाही गर्ने भएको छ ।
आफै सुरक्षा क्षेत्रमा वहालवाला प्रहरी भएर प्रहरीको आचारसंहिता र मर्यादा विपरित जेलमा रहेका व्यक्तिलाई छुटाउन बर्दीमै पार्टी कार्यालय गएर हस्ताक्षर गरेपछि हेडक्वार्टरले छानविनमा तानेको छ । सई खड्काले रास्वपाको बाँके जिल्ला पार्टी कार्यालयमा गएर हस्ताक्षर गरेका थिए ।












प्रतिक्रिया दिनुहोस