आज:  | Sat, 11, May, 2024

मौसम अपडेट; आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको

१८ असार २०८०, सोमबार ०८:०१ मा प्रकाशित ( १0 महिना अघि) ४६४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ असार ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा सोमबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो । बाँकी प्रदेशहरुका केही स्थानमा भने हल्का वर्षा हुने जनाएको छ।

अहिले विहान देशभरमा आंशिक बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

कोशी र मधेश प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ। सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका अन्य स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यसैगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश,बागमती र कोशी लगायत प् तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस