आज:  | Mon, 29, Apr, 2024

नेपालमा यस वर्ष असार २५ सम्म डेंगु संक्रमितको संख्या एक हजार १९३ पुगेको एक संक्रमितको मृत्यु

२६ असार २०८०, मंगलवार ०८:४९ मा प्रकाशित ( ९ महिना अघि) ५०१ पाठक संख्या
नारी बाटिका


काठमाडौं, २६ असार ।

नेपालमा हाल सम्म डेंगु संक्रमितको संख्या यस वर्षमा मात्रै एक हजार १९३ पुगेको छ । त्यस्तै एक संक्रमितको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख डा.रुद्र मरासनीका अनुसार यो वर्ष अहिले सम्म काठमाडौंमा ४६,ललितपुरमा १३ र भक्तपुरमा ३६ संक्रमित देखिएका छन् ।

महाशाद्धारा सोमबार आयोजित एक कार्यक्रममा निर्देशक डा.मरासिनीले अघिल्लो वर्ष ५४ हजार ७८४ जनामा अस्पताल भर्ना भएको समेत जानकारी दिनु भयो । उहाँका अनुसार थो तथ्याङक अस्पतालमा भर्ना भएका बिरामीको संख्या हो । समुदायमा घरमै बसेर उपचार गर्ने र रिपोर्ट नभएका धेरै बिरामी हुन सक्ने बताउनु भएको छ । ‘

साथै यो संख्या भनेको हाम्रो रिपोर्टिङ सिस्टममा देखिएका संक्रमित मात्र हुन्। रिपोर्ट नभएको यो भन्दा बढी हुन सक्छन्’, उहाँले भन्नु भयो, ‘डेंगु नियन्त्रणका लागि डेंगु बनाउने ‘लामखुट्टेको अण्डा र लार्भा खोज र नष्ट गर’ अभियान हाल सञ्चालन भइरहेको जनाइएको छ । हालसम्मको संक्रमणको अवस्थालाई हेर्दा यो वर्ष पनि संक्रमण बढ्ने जोखिम बढेको छ । त्यसैले सतर्क रहनु पर्ने अवस्था छ। महाशाखाको तथ्यांक अनुसार यस वर्ष ६५ वटै जिल्लाको २ सय ३१ स्थानीय पालिकामा डेंगीका बिरामी देखिएका छन् ।

टेकु अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा.विमल चालिसेले डेंगी लागेका ८० प्रतिशत मानिसमा कुनै लक्षण नदेखिने वा कम देखिने बताउनु हुन्छ । कडा लक्षण भएका मध्ये ८० प्रतिशत आफैँ निको हुने र २० प्रतिशतलाई अस्पतालमा आएर उपचार गर्नुपर्ने बताउनु हुन्छ । मानिसमा डेंगुको उपचार नहुने भ्रम रहेका कारण गम्भीर अवस्थामा पनि घरमै बस्ने चलन रहेको भन्दै, समस्या भए तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव दिनु भएको छ ।

‘डेंगुको उपचार छैन भन्ने भ्रम छ। डेंगुविरुद्धको औषधि मात्र नभएको हो’, उहाले भन्नु भयो ‘ लक्षणका आधारमा उपचार हुन्छ । यो भ्रम चिर्न आवश्यक छ।’
यस्तै डा.चालिसेका अनुसार नेपालमा हाल डेंगुका ४ वटा सम्म ‘सेरोटाइप्स’ सम्म पुष्टि भएको भए पनि १ र २ बाट धेरै संक्रमित भएको बताउनु हुन्छ । एउटै व्यक्तिलाई डेंगुको फरक फरक सेरोटाइप्सले संक्रमण भयो भने गम्भीर असर देखाउने सम्भावना हुन्छ ।

‘नेपालमा डेंगुको चारवटा सम्म सेरोटाइप्स पुष्टि भएको भए पनि सेरोटाइप्स १ र २ बाट धेरै संक्रमित भएका छन्’, डा. चालिसेले भन्नु भयो। ‘तर बुझ्नु पर्ने कुरा के छ भने एउटै व्यक्तिलाई डेंगुको फरक फरक सेरोटाइप्सबाट संक्रमण भयो भने बिरामीलाई कडा लक्षण देखिन सक्छ। गत वर्ष हाम्रोमा उपचार गराएका एक संक्रमितलाई सेरोटाइप्स १ र ३ देखिएको थियो।‘

त्यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले डेंगु नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला सबै निकायको सहकार्य आवश्यक रहेको बताउनु भयो । विभिन्न मन्त्रालयबीचको समन्वय पनि आवश्यक रहेको उनको भनाइ छ। ‘यो हाम्रो जिम्मेवारी संग पनि जोडिएको कुरा हो,’ ‘सबै क्षेत्रको सहकार्य आवश्यक रहेको वताउनु भयो ।’

अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यका सहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। त वेला ५४ हजार ७८४ जनामा संक्रमण भएको थियो। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए । नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासी लगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो। नेपालमा पहिलो पटक सन् २००६ मा चितवन जिल्लाबाट डेंगु पुष्टि भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस