
नारी बाटिका
काठमाडौं, १ साउन ।
नेपालको पुरानो र सरकारी अस्पतालको रुपमा लिईने वीर अस्पतालमा आजदेखी विहान ८ बजेदेखी नै सेवा दिने भएको छ । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा पनि आजबाट बिहान ८ बजेदेखि नै सेवा सुरु हुने भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले साउन १ गतेबाट लागू हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय भएको हो ।
राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले गरेको निर्णयका आधारमा आज बिहान ८ बजेदेखि सेवा सुरु हुने वीर अस्पतालका कार्य निर्देशक डा सन्तोष पौडेलले जानकारी दिएका छन् । अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ९ बजे अगावै ओपिडी सेवा पनि सुरु हुने भएको छ।
त्यस्तै टिकट काट्ने समय बिहान ७ बजेदेखि २ः३० सम्म कायम गरिएको छ। ओपिडीका कर्मचारीहरु बिहान ८ः१५ भित्र अस्पताल पुगिसक्नु पर्ने छ। कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सेवा पनि बिहान ८ बजेदेखि नै सुरु हुने हो । अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालयको सेवा उपलव्ध हुँदै आइरहेको छ।
साथै अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिनु भएको छ ।
यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा पनि आजैबाट लागु हुने गरी शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ८ः१५ बजे अगावै ओपिडी सेवा पनि सुरु हुने भएको छ।







प्रतिक्रिया दिनुहोस