आज:  | Sat, 27, Apr, 2024

मौसम अपडेट् ; आज यी स्थानहरुमा मध्यम देखि भारी वर्षाको सम्भावना

२ श्रावण २०८०, मंगलवार ०८:३८ मा प्रकाशित ( ९ महिना अघि) ४४० पाठक संख्या
नारी बाटिका


काठमाडौं,२ साउन ।

मंगलबार बागमती र कोशीका पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना जनाएको छ।

यस्तै हाल देशभर सामान्य देखि पूर्ण बदली भइरहेको छ। गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेश प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

साथै आज मंगलवार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थान र बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस