आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

एकैदिन ६४ जनामा संक्रमण पुष्टी धादिङमा डेंगु दिन प्रति दिन फैलदै

२०८० श्रावण १६, मंगलबार मा प्रकाशित ( २ साल अघि) १४४८५ पटक पढिएको
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका डट्कम अनलाईन समचार

धादिङ, १६ साउन ।
पछिल्लो समय धादिङमा त्यस माथीपनि निलकण्ठ नगरपालिका धादिङवेशी बजार साइटमा दिन प्रतिदिन डेंगु सक्रमण तिब्रगतिमा फैलिरहेको छ । लामखुट्टेको वासस्थान लगायत मानिसको बस्ती वरपर नगरपालिकाको सक्रियतामा दवाई छरीएको छ रपनि घट्ला भन्दा सक्रमणको तिब्रगतिमा फैलिएको हो । शोमवार एकैदिन ६४ जनामा संक्रमण पुष्टी भएको छ ।

शोमवार पुष्टी भएका ६४ जना सक्रमित मध्य नीलकण्ठ नगरपालिकाका ५८ जना, ज्वालामुखीका ३ जना, खनियाबासका २ जना र सिद्धलेकका १ जना गरी ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै स्वास्थ्य कार्यालय धादिङका अनुसार १५ दिनको अवधिमा धादिङका ५६५ जना डेंगु संक्रमित भइसकेका छन् । जसमा ३०५ जना पुरुष र २६० जना महिला रहेका छन् । धादिङका १३ पालिका मध्ये सबै भन्दा धेरै ५१५ जना संक्रमित नीलकण्ठ नगरपालिकाका मात्रै रहेको कार्यालयले जनाएको छ ।

यसैगरी जिल्लाको ज्वालामुखी गाउँपालिकामा १६ जना, बेनीघाट रोराङ, सिद्धलेक र खनियाबासमा ६÷६ जना, गंगाजमुनामा ५ जना, त्रिपुरासुन्दरीमा ३ जना , गल्छी, नेत्रावती डबजोङ र रुवीभ्यालीमा २÷२ जना र धुनिबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

केही दिनदेखी नगरपालिकाभित्र बढी मात्रामा डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय धादिङका लगायतका सरोकारवाला निकायले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न निर्देशन दिईरहेको छ ।

त्यसैगरी लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि सर्वसाधारण सवैमा आग्रह समेत गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस