
नारी बाटिका
काडमाडौं १६ साउन ।
अब बन्ने नयाँ प्रधानन्यायाधीशका नाम टुंगो लगाउन आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा छलफल गर्न तथा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदवन्दीका कारण यसै महिनाको साउन २० बाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नै प्रधानन्यायाधीशको रोलक्रममा हुनु भएको छ । त्यसपछि ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई सहित ८ न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य रहनु भएको अबस्था छ ।
परिषद्मा आज बस्ने उच्च स्तरिय बैठकले उहाँहरु मध्येबाट एक जनाको नाम सिफारिस गर्नु पर्नेछ। संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनु भन्दा एक महिना अघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नु पर्ने व्यवस्था छ।
विभिनन कारणका बावाजुद प्रधानन्यायाधीशले अवकाश पाउने अब ४ दिन मात्रै बाँकी रहदा बल्ल आज यस विषयमा निर्णय लिन संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। मंगलबार नै परिषद्ले सिफारिस गरे संसदीय सुनुवाइ समितिमा पठाइने भएको छ।








प्रतिक्रिया दिनुहोस