आज: २०८२ चैत्र ३, मंगलबार | Tue, 17, Mar, 2026

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने

२०८० श्रावण १८, बिहिबार मा प्रकाशित ( २ साल अघि) ६१८४ पटक पढिएको
नारी बाटिका


काठमाडौं, १८ साउन ।

आज बिहीबार बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि चल्न सक्ने सम्भावना छ।

अहिले विहान देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशको तराई भूभाग र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका केही स्थानमा े भनहल्का वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ।

वर्षादको समय त्यसमाथी पनि भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाइ यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्नको लागी सचेत रहन महाशाखाले अनुरोध गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस