आज:  | Sun, 19, May, 2024

मौसम सम्वन्धि जानकारी : आज पनि बागमती प्रदेशमा रातीदेखी बर्षाको सम्भावना

३० श्रावण २०८०, मंगलवार ०८:२० मा प्रकाशित ( ९ महिना अघि) ३५३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ,३० साउन ।

आज पनि बागमती प्रदेशमा रातीदेखी बर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर भन्दा उत्तरतिर रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज राति बागमती, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

अझै पनि बाढी र पहिरोको जोखिमबारे मौसम पूर्वानुमान महाशाखाले मानिसहरूलाई सतर्क गराइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस