
नारी बाटिका
धादिङ,३२ साउन ।
पछिल्लो समयमा धादिङमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु, भएको छ भने संक्रमित हुनेको संख्या १७ सय ५५ पुगेको छ । यसअघी देशकै दोस्रो जिल्लाको हिसाबले डेंगु संक्रमितको संख्या उच्च भएता पनि उपचारपछी निको भएका थिए । तर पछिल्लो समयमा धादिङकी एक महिलाको मृत्यु भएको डेंगुकै कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिकाकी ७२ वर्षिय महिलाको काठमाडौ स्थित त्रि।वि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
धादिङ स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार मृतक महिलाई साउन २९ गते धादिङबाट रिफर गरिएको थियो । त्यसैगरी आज नीलकण्ठ नगरपालिकाका ६४, सिद्धलेका ५, ज्वालामुखीका २ र गजुरीका १ जना गरी ७३ जनामा डेंगु सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ।
धादिङ जिल्लामा साउन महिनामा १ हजार ७५५ जना डेंगुबाट संक्रमित भएका छन् भने नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ५३१ ज्ना संक्रमित भएका छन् ।ज्वालामुखी गाउँपालिकामा ५५, बेनीघाट रोराङ ३२, सिद्धलेकमा ३८, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १४, रुवीभ्यालीमा ११, गजुरीमा १२, नेत्रावती डबजोङमा ८, गल्छीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।








प्रतिक्रिया दिनुहोस