आज:  | Sun, 12, May, 2024

तामाङ पत्रकार संघ धादिङको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा निर तामाङ चयन

७ भाद्र २०८०, बिहीबार ०७:३५ मा प्रकाशित ( ८ महिना अघि) ५२० पाठक संख्या
नारी बाटिका


धादिङ ७ भदौ ।

नेपाल तामाङ पत्रकार संघ धादिङको विशेष जिल्ला अधिवेशन सम्पन्न भएको छ । साथै धादिङ जिल्लाको अध्यक्षमा  निर तामाङ सर्वसम्मत चयन हुनु भएको छ । बुधबार धादिङबेशीमा सातौ जिल्ला विषेश अधिवेशन कार्यक्रमको आयोजना गरि कार्यसमिती चयन गरिएको हो ।

तामाङ पत्रकार संघका कार्यवाहक अध्यक्ष मनिष तामाङको अधयक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको प्रमुख आतिथ्यता तथा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङ, नेत्रावती डवजोङ गाउँपालिकाकी उपाध्यक्ष सितामाया चोदेन,धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङको विशेष आतिथ्यता रहेको थियो ।

निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ, सह सचिवमा सुसान तामाङ र कोषाध्यक्षमा युनिष तामाङ चयन भएका छन्।

यस्तै सदस्यहरुमा संगिता तामाङ,कमल तामाङ, याकुब तामाङ, शर्मिला तामाङ र सम्झना तामाङ छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस