आज:  | Thu, 16, May, 2024

सरकार र आन्दोलनरत शिक्षकहरुबिच ७ बुँदे सहमति

५ आश्विन २०८०, शुक्रबार १९:५९ मा प्रकाशित ( ७ महिना अघि) ८३१ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

नारी वाटिका संवाददाता

काठमाडौं,५ असोज ।

असोज ३ गतेदेखी कडा रुपमा आन्दोलनमा उत्रियका शिक्षकहरु र सरकार बिच आज ७ बुँदे सहमती भएको छ । आन्दोलनरत शिक्षकबीच ७ बुँदे सहमति जुटेको हो । शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच सहमति भएको थियो ।सरकार शिक्षा विधेयक संशोधन गर्न तयार भएको छ भने शिक्षकहरुले आन्दोलन फिर्ता लिने सहमती गरेका छन् ।

सुक्रबार दुई पक्षबिच समहति जुटेसँगै सहमति पत्रको मस्यौदा तयार समेत भइरहेको गृह मन्त्रालयको स्रोतले बताएको छ । सहमति अनुसार प्रस्तावित शिक्षा विधयेकमा शिक्षकमाथि स्थानीय तहले गर्ने कारबाही पुनरावलोकन गर्न पाउने प्रावधान थपिने भएको छ ।त्यस्तै ५० हजार २ सय अस्थायी तथा करार दरबन्दी कायम गरी तिनको स्थायी प्रक्रियामा आन्तरिक तर्फबाट ७५ र खुला प्रतिस्पर्धाबाट २५ प्रतिशत कोटा कायम गर्ने सहमति जुटेको छ ।

यसअघि विधेयकमा ५०र५० प्रतिशत आन्तरिक र खुलाबाट नियुक्ति गर्ने राखिएको थियो । सहमति भएसँगै शिक्षकहरुले आन्दोलन फिर्ता लिन तयार भएका छन् । तर सहमतिले पत्र औपचारिक रुपमा सार्वजनिक पनि भएको छ ।

सहमति पत्रमा समेटिएका विषयहरु

सरकार र शिक्षकबीच भएको सहमतिमा सार्वजनिक विद्यालयका शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने भनिएको छ । शिक्षा विधेयक बनाउँदा शिक्षक महासंघका मागहरुलाई समेटिने सहमतिको दोस्रो बुँदामा उल्लेख छ । त्यस्तै तेस्रो बुँदामा शिक्षा नियमावली बनाउँदा समावेश गरिने विषयहरु उल्लेख छन् । चौथो बुँदामा शिक्षाको राष्ट्रिय मापदण्डमा उल्लेख गर्ने विषयहरु समावेश भएका छन् ।

यसैगरी पाँचौं बुँदामा शिक्षकहरुको रिक्त दरबन्दीमा आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र बाह्य प्रतिस्पर्धाबाट २५ प्रतिशत पदपूर्ति गर्ने भनिएको छ ।छैटौं बुँदामा विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने र सुरक्षाको प्रत्याभूति गरिने उल्लेख छ । सातौं बुँदामा शिक्षकको जारी आन्दोलन अन्त्य गर्ने भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस