
नारी बाटिका
धादिङ, १० कात्तिक ।
विहिबार विहान धादिङ जिल्ला गुम्दी घर भएका २४ वर्षिया भलिबल टोलीका कप्तान मनोज श्रेष्ठ मृत फेला परेका छन् । हिजो विहान मनोज सिद्धलेक गाउँपालिका ३ मा टिसर्टको पासो लगाई झुण्डिएको अबस्थामा फेला परेका हुन् । हिजो कात्तिक ९ गते बिहान अन्दाजी ६ः३५ बजेको समयमा धादिङ जिल्ला सिद्धलेक गाउँपालिका ३ ढोडेनि भन्ने स्थानमा उनीलाई मृत अबस्थामा भेटिएको थियो ।
धादिङ गंगाजमुना गाउँपालिका ४ गुम्दी बस्ने बर्ष अं २५ भलिबल टोलीका कप्तान मनोज श्रेष्ठे सिवलिको रुखमा टिसर्टको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको धादिङ प्रहरीले जनाएको हो ।
घटनाको खबर प्राप्त हुनसाथ जिल्ला धादिङ प्रहरी कार्यलयका टोली १० मिनेटमै प्रहरी चौकी सिद्दलेकबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोली खटिइ गएको र प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा मुचुल्का सहित आवाश्यक प्रकृया पुरा गरेको थियो । साथै घटना सम्वन्धि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रवत्ता तथा डिएस्पी सन्तुलाल प्रशाद जैसवारले यस नारी वाटिका डट्कमलाई जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस