आज:  | Sun, 03, Dec, 2023

सरकारी कार्यलय वरपर अबैध रुपमा सन्चालित चमेना गृह्र(क्यान्टिन) तत्काल हटाउन निर्देशन

१६ कार्तिक २०८०, बिहीबार ०८:०८ मा प्रकाशित ( १ महिना अघि) ३१९ पाठक संख्या
नारी बाटिका

धादिङ,१६ कार्तिक ।

जिल्ला प्रशासन कार्यलय धादिङले अवैध रुपमा संन्चालित चमेना गृह्र (क्यान्टिन) तत्काल हटाउन निर्देशन दिएको छ । प्रशासन कार्यलयद्धारा मंगलबार एक सुचना जरी गर्दै जिल्लाको सरहकारी कार्यालय वरपर सन्चालनमा रहेका अबैध चमेना गृह(क्यान्टिन) तत्काल हटाउन निर्देशन दिएको हो ।

जिल्ला स्थित विभिन्न सरकारी कार्यालय तथा सरकारी जग्गामा बनेका भवन उपयोग गरी अबैध रुपमा सन्चालन भैरहेका (खाजाघर) क्यान्टिन तत्काल बन्द गर्नको लागी सम्वन्धित संन्चालकलाई निर्देशन दिएको हो।

सुचनामा सरकारी जग्गाृ(भवन)हरु प्रयोग गरी गैह्रकानुनी रुपमा चर्को मुल्यमा गुणस्तरहीन बस्तुहरु विक्रि वितरण भएको र त्यस्ता क्यान्टिनहरुमा बिचौलीयाहरुको अखडा भएको भन्दै बन्द गर्न वा प्रक्रिया पुर्याएर सन्चालन गर्न उल्लेख गरिएको छ ।

सुरक्षा, सरसफाइलाई समेत मध्यनजर गरी सरकारी कार्यलयका आसपासमा अवैध रुपमा संन्चालन हुदै आएका चमेना गृह्र(क्यान्टिन)हरु हटाउन लागिएको जनाउँदै जिल्ला प्रशासन कार्यलयले एक सुचना प्रकाशित गर्दै तत्काल बन्द गर्ने वा प्रक्रिया पुरा गरी व्यवशाय सन्चालन गर्ने सो सम्वन्धमा प्रशासनलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले निर्देशेन दिनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस