आज:  | Wed, 01, May, 2024

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’र जुकोको औषधि खुवाइँदै

१७ कार्तिक २०८०, शुक्रबार ११:५२ मा प्रकाशित ( ६ महिना अघि) २३८ पाठक संख्या
नारी बाटिका


 

काठमाडौँ,१७ कात्तिक ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिनु भयो । आर्थिक वर्ष २०८०÷८१ को नियमित कार्यसुची अनुसारको पहिलो चरणको अभियान यही कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम बिचमा दसैँ परेकाले आज र भोलि खुवाउन लागिएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई अभियान बारे यसअघि नै परिपत्र गरिसकेको छ । यस आवको पहिलो चरणमा आज र भोलि तथा दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाख महिनामा सञ्चालन गरिने भएको छ ।

भिटामिन ‘ए’ करिब २७ लाख बालबालिकाहरु र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

यसैगरी सरकारले प्रत्येक आर्थिक वर्ष सुरु भएसंगै पहिलो त्रैमासिक चरण सकिना साथ कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस