आज:  | Mon, 06, May, 2024

प्रहरीले बहुमूल्य सामान बोकेर भिडभाडमा नजान नागरिकमा अनुरोध

२४ कार्तिक २०८०, शुक्रबार १३:५१ मा प्रकाशित ( ५ महिना अघि) ३४१ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२४ कात्तिक ।

नेपाल प्रहरीले विशेष गरी चाडपर्वका समयमा बहुमूल्य सामान बोकेर भिडभाडमा तथा एक्लै नहिड्न नागरिकमा अनुरोध गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न सर्वसाधारणहरुमा अनुरोध गरेको हो ।

यसरी भिडभाडमा बहुमूल्य सामान बोकेर जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न उपत्यका प्रहरीले पनि सुझाएको छ।

आजैं तिहार लगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुन सके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ।

तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुर बुर्जा, जुवा र तास लगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन पनि प्रहरीले सचते गराएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मुख्य गरी पटाका पटकाउने जस्ता वस्तुह€रको विक्री बितरण गर्ने गराउने जस्ता गतिविधि, हत्या–हिंसा, चोरी, तस्करी तथा हारजित हुने गरी खेलिने खेललाई विशेष निगरानीका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिनु भयो।

साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिक प्रहरी मार्फत निगरानी बढाएको जनाइएको छ। सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न सुचित गराएको छ ।

साथै मादक पदार्थ सेवन मापसे र लागूपदार्थ सेवन लापसे गरी सवारी साधन नचलाउन,यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि भनिएको छ।

यसैगरी नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोन सहित भिडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ। छैन यकीन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

साथै लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधि मार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ।

यस्तै, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि प्रहरीले अनुरोध गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस