आज:  | Sun, 19, May, 2024

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९मा सूख्खा पहिरोको कारण यातायातामा अबरोध

३ पुष २०८०, मंगलवार १८:४३ मा प्रकाशित ( ५ महिना अघि) ३८२ पाठक संख्या
नारी बाटिका


धादिङ ३ पुस ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका ९मा सूख्खा पहिरोको कारण यातायातामा अबरोध भएको छ । आज दिउँसो सवा ४ बजेको समयमा धादिङको रोराङ गाउँपालिका ९मा बेनिघाट ज्यामिरे घाट स्थित पृथ्बी राजमार्गमा माथिबाट सुख्खा पहिरो खस्न गई बाटो दुई तर्फी बन्द भएको हो ।

, उक्त स्थानमा बाटो दुई तर्फी रुपमा सडक बन्द भएपछी जोगिमाराबाट धादिङबाट प्र.ना.नि.को कामाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटीई गई बाटो खुलाउने कार्य भईरहेको थियो ।

तर अहिले साँझ पख एकतर्फी रुपमा बाटो सुचारू भएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रशाद जैसवारले नारी वाटिका डट् कमलाई जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस