
नारी बाटिका
काठमाडौँ ११ पुस ।
केही दिनदेखी देशका सबै जसो भु भागमा चिसो बढ्दै गईरहेको कारण चिसोबाट बच्नको लागी सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पछिल्लो समयमा देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गर्नु भयो । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । “पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन”, मौसमविद् पुडासैनीले भन्नु भयो ।
त्येसैगरी आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक दुइ स्थानमा हल्का हिमपातको संभाबना रहेको छ।
आज राती कोशी र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।








प्रतिक्रिया दिनुहोस