आज: २०८२ चैत्र ३, मंगलबार | Tue, 17, Mar, 2026

नाबालिग बलात्कारको आरोतिप सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरी पनि हेर्दा हेर्दैमा राखियो

२०८० पौष ११, बुधबार मा प्रकाशित ( २ साल अघि) १०५१५ पटक पढिएको
नारी बाटिका


काठमाडौं ११ पुस ।

बलात्कारको आरोप लागेका सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरी पनि हेर्दा हेर्दैमा राखिएको छ । लामिछाने बिरुद्धको बलात्कार आरोपको मुद्दा जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइको किनारा आज पनि हुन सकेन ।

बुधबार पनि उनको मुद्धाको सुनुवाइ नसकिएपछि जिल्ला अदालत काठमाडौंले मुद्दालाई हेर्दाहेर्दैमा राखिदिएको हो। यसै सातको आइतबारदेखि सन्दीप विरुद्धको उक्त मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।

आजपनि सरकारी वकिल र पीडितका पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए। सन्दीपका कानुन व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ।

गएको २०७९ भदौमा शन्दीप लामिछाने विरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि उनीविरुद्धको मुद्दा फैसलाको चरणमा रही रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस