आज:  | Wed, 21, May, 2025

विरोधीलाई ठेगान लगाउन ऐन नै संशोधन गर्ने चेतावनी : स्वास्थ्यमन्त्री बस्नेत

२७ पुष २०८०, शुक्रबार १९:२५ मा प्रकाशित ( १ साल अघि) ३७४९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २७ पुस ।

स्वास्थ्यमन्त्री मोहन वहादुर बस्नेतले आफ्नो बदनाम गर्न वीर अस्पतालको एउटा समूह नै खडा गरेर लागिपरेकोले विरोधीलाई ठेगान लगाउन ऐन नै संशोधन गर्ने चेतावनी ःदिनु भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आज शुक्रवार आयोजना गरेको मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रमलाई संम्वोधन गर्नु हुंदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उक्त समूहलाई ऐन संशोधन गरेर भए पनि ठेगान लगाउने चेतावनी दिनु भएको हो ।

मन्त्री बस्नेतले भन्नु भयो, ‘मलाई बदनाम गरेर आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्न एउटा समूह लागि परेको बुझेको छु । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनु पर्ने अवस्था आएको बताउनु भएको छ ।’

वीर अस्पतालमा एउटा समूह चैं दिनरात खटेर बिरामीको सेवामा काम गर्ने गरेको र अर्को समूह काम साम नगर्ने तर नभएको झुटा हल्ला गर्दै हिड्ने गरेको कुरा आफूले थाहा पाएको बताउनु भयो। उहाँले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गरेमा आफैँ आएर ताला काट्ने समेत बताउनु भएको छ ।

सुक्रबारदेखी सेवामा ल्याइएको महिलाको स्तन क्यान्सर भए / नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरुको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताउनु भयो ।

उहाँले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोग सम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकोले यो सेवा पनि आगमी दिनमा ब्यवस्था गर्नु पर्ने बताउनु भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्र कुमार बस्नेतले ‘थ्रिडी टेक्नोलजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिनु भयो ।

सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिक सत्रदेखि एमबिबिएस पढाइ हुने व्यवस्था गरिएको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस