आज:  | Mon, 20, May, 2024

नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान सम्मेलन गर्दै

२९ पुष २०८०, आईतवार १९:०३ मा प्रकाशित ( ४ महिना अघि) १६३ पाठक संख्या
नारी बाटिका


धादिङ,२९ पुस ।

नेकपा माओवादी (केन्द्र) पार्टीले आउँदो फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । माओवादी केन्द्रले आगामी फागुनको पहिलो साता विधान सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो।

सम्मेलनका बारेमा पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ दिन सम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

यस्तै उक्त बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधार समेत तय गरेको उपाध्यक्ष सापकोटाले बताए। विभिन्न पार्टीसँग एकताका विषयमा पनि बैठकमा छलफल भएको जनाएका छन्। अन्य पार्टी तथा विगतमा नेकपा माओबादीबाट छुटेर गएकाहरुबिच एकताका लागि वातावरण तयार गर्नको लागी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको पनि जनाएका छन्।

यस्तै पछिल्लो समयमा मुलुकको समग्र परिस्थितिका बारेमा पार्टीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले ‘ब्रिफिङ’ गरेको प्रवक्ता सापकोटाले जानकारी दिनु भएको थियो। स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै पार्टीले स्थानीय तहमा सम्पन्न गरेका अभियानका बारेमा संक्षिप्त प्रगती प्रतिवेदन समेत प्रस्तुतीकरण गरेका थिए। माओवादीले पार्टी रूपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस