आज:  | Mon, 20, May, 2024

काठमाडौं महानगरले गरेको काम उदाहरणीय रहेकोले देशभरका पालिकाले सिक्नु पर्ने : ग्रृहमन्त्रि श्रेष्ठ

३ माघ २०८०, बुधबार ०८:२४ मा प्रकाशित ( ४ महिना अघि) ३३० पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं- ३ माघ ।

काठमाडौं महानगरले गरेको काम उदाहरणीय रहेकोले देशभरका नगर तथा गाउँपालिकाले सिक्नु पर्ने गृह्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । यसैगरी समाजमा तत्कालै आईपर्ने विपत व्यवस्थापन गर्नको लागी उक्त सेवामा काम गरिरहेका स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक रहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।

अहिले यस्ता विपतजन्य कार्यमा सहयोग पुर्याउदै आईरहेका स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा आबद्ध गरेर विपतजन्य जोखिम व्यवस्थापन गर्ने योजना बनेको बताउनु भएको हो।

मंगलबार काठमाडौं महानगरपालिकाले नयाँ सडकस्थित भूगोलपार्कमा आयोजना गरेको २६औँ भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भयो । विपत् पूर्वतयारी र विपतपछिको पुनर्निर्माण लगायतमा काठमाडौं महानगरले गरेको काम उदाहरणीय रहेको भन्दै मन्त्री श्रेष्ठले काठमाडौं महानगरले गरेका राम्रा कामलाई अन्य स्थानीय तहले पनि सिक्नुपर्ने बताउनु भयो।

‘ महानगरपालिकाले विपत् पूर्वतयारी, विपतका समयमा गरिने जोखिम न्युनिकरण र उद्धार, कार्य तथा विपतपछिको पुनर्निर्माणमा गरेको काम देशभरका नगर तथा गाउँपालिकाहरूका लागि पनि सिकाइ रहेको बताउन भयो,’ मन्त्री श्रेष्ठले भन्नु भयो, ‘जाजरकोट भूकम्पमा काठमाडौं महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ।’

यस्तै महानगरपालिकाले सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तरसरकार समन्वयमा काम गर्नुपर्ने प्रस्ट पार्नु भयो। उहाँले भन्नु भयो ‘भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न परमपरा अनुसारको सीप प्रयोग हुन सक्छ । हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रवर्द्धन गर्न पनि सक्छौँ।’

उक्त कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाहरूको सबलीकरण, खुला ठाउँको संरक्षण, विपतसिर्जित संकटबाट बच्न समुदायस्तरीय संयन्त्रमा महानगरपालिकाले ध्यान दिएको बताएकी छन्।’

२६ औं भुकम्प दिवसका अवसरमा आगलागी, सडक दुर्घटना तथा विपतजन्य जोखिममा काम गर्ने प्रहरीहरूलाई जनही २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको थियो। पुरस्कृत हुनेहरुमा नगर प्रहरी निरीक्षक शम्भु विष्ट, नगर प्रहरी नायब निरीक्षक (फायर कमान्डर) नरेशबहादुर कुँवर, नगर प्रहरी नायव निरीक्षक (फायर कमान्डर) गगनबहादुर गुरुङ,महानगरपालिकाको दमकल चालक तथा पम्प अपरेटर नवराज सुवेदी र कार्यालय सहयोगी तथा अग्नि नियन्त्रक रामबहादुर खत्री लगायतलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस