आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

नीलकण्ठ ४ मा एकै रातमा दुई घरमा चोरी भएपछी स्थानीयद्वारा नगरपालिकामा ध्यानाकर्षण

२०८० माघ ८, सोमबार मा प्रकाशित ( १ साल अघि) ६८२१ पटक पढिएको
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ ८ माघ ।

धादिङको नीलकण्ठ नगरपालिका ४ स्थित अधिकारी गाउँको एक रातमा दुई घरमा चोरी भएपछी स्थानीय वाशीद्वारा सुरक्षाको लागी नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ अधिकारी गाउँमा एकै रातमा दुई घरमा चोरी भएको भन्दै नगरपालिकाको सडकमा सडक बत्ती र सिसि क्यामेरा जडानको माग गर्दै वडका नागरिकले नगरपालिकामा अनुरोध गरेका हुन् ।

पछिल्लो समयमा राति गाउँमा चोरी हुन थालेपछी सुरक्षाका प्रविधी जडानको लागी माग राख्न नागरिकहरु नगरपालिका आएका थिए। स्थानीयवाशीका माग अनुसार नगरपालिका र उपभोक्ता समितिको साझेदारिमा तत्काल सडक बत्ती र सिसि क्यामेरा जडान गर्नको लागि सहयोग गर्ने नगर प्रमुख भीम प्रसाद ढुंगानाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%३%२%

प्रतिक्रिया दिनुहोस