आज:  | Sun, 19, May, 2024

देशभरमै ठूलो वर्षाको सम्भावना नभएको, पानी नपरेतापनि चिसो भने देशभरनै बड्दै

१२ माघ २०८०, शुक्रबार ०८:०१ मा प्रकाशित ( ३ महिना अघि) २०१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १२ माघ ।

गत वर्षको तुलनामा यस वर्षको हिउँदे वर्षा हुदै भएन भन्दा पनि हुन्छ । किसानीहरुले हिउँदे वाली लगाउने बेला भैसक्दा अझै आगामी तीन दिनसम्म देशभरमै ठूलो वर्षाको सम्भावना नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरमा ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै भने छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

बिहिबार काठमाडौँ उपत्यकमा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उहाँले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताउनु भयो । उहाँका अनुसार काठमाडौँमा बिहिबार न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो ।

यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिनु भयो ।

उहाँले हिजो बिहिबार भेशभरमा सबैभन्दा कम तापक्रम जोमसोममा रहेको बताउनुभयो । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उहाँले बताउनु भयो ।

पानी नपरेतापनि चिसो भने देशभरनै बड्दै गएको हुंदा यो समयमा चिसोबाट बच्न विभागले सबै नागरिकमा अनुरोध गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%१%

प्रतिक्रिया दिनुहोस