आज:  | Thu, 02, May, 2024

आजबाट अनलाइन मार्फत ई भिसा र अनलाइन भुक्तानी प्रारम्भ,वेबसाइट पनि सञ्चालनमा

२६ माघ २०८०, शुक्रबार १६:२७ मा प्रकाशित ( २ महिना अघि) १६६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २६ माघ ।

आजबाट अनलाइन मार्फत ई भिसाको फर्म भर्न र अनलाइन भुक्तानी प्रक्रिया प्रारम्भ भएको छ ।  साथै नयाँ वेबसाइट पनि सञ्चालनमा ल्याइएको छ । अध्यागमन विभागबाट हुने सबै सेवाहरु शुक्रबारदेखि ई भिसा तथा अनलाइन भुक्तानी गर्न सकिने सेवाको प्रारम्भ हो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई.भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गर्नु भएको छ ।

यस अनलाईन सेवाका लागी अध्यागमन विभागले शुक्रबारदेखि लागु हुने गरी अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइन मार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको हो । अध्यागमन विभाग र मातहतका कार्यालयहरुमा पूर्ण रुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरबाटै सेवा लिन सक्ने आशा गरिएको छ ।

विभागले शुरु गरेको अनलाइन भुक्तानी सेवाको आज पहिलो दिनका सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरी बास्तोला छन् भने ई.भिसा सेवाको लागी एक विदेशी नागरिकलाई दिएर सुरुवात गरिएको थियो।

सुक्रबारदेखी सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न,भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने विस्वास लिएको छ ।

आजदेखी नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन। सबै प्रक्रिया अनलाइन मार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्नको लागी ने विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने बताईएको छ।

अनलाईन सेवा शुभारम्भ कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले अध्यागमन विभाग लगायत गृह मन्त्रालय मातहतका सेवाहरुलाई स्वचालित र अनलाइन सेवा दिने मिसनमा रहेको बताउनु भयो । उहाँले गृह मन्त्रालयले मात्रै नभएर अन्य निकायहरुको पनि समन्वय आवश्यक रहेको बताउनु भयो। तत्कालको लागि जुन ठाउँमा जनतालाई दिने सेवालाई पारदर्शी,मितव्ययी, सरल,सहज र छिटो छरितो बनाउने काम भइरहेको दाबी गर्नु भयो।

साथै अबदेखी अध्यायगमनमा जुनसुकै देशबाट ई.भिसाको लागि आवदेन दिन र भुक्तानी गर्नसक्ने लक्ष्यमा अघि बढेको बताउनु भयो। तर हाललाई भने अनलाइन भुक्तानी नेपाल भित्रबाट मात्रै गर्न सकिने अनुमति भएको भन्दै आगामी दिनमा अनलाइन भुक्तानीलाई अन्तर्राष्ट्रिय रुपमा सेवा लिन सक्ने बनाउने प्रतिबद्धता जनाउनु भयो ।

यसैगरी अध्यागमन विभागबाट लिने सेवा शुल्क,भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपीएस,इ सेवा र खल्तीको खाताबाट अनलाइन मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था पनि लागू गरिने जनाउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस