आज:  | Mon, 20, May, 2024

नेकपा एमाले धादिङको नवौ जिल्ला अधिबेशनबाट भुमी त्रिपाठीको प्यानल बिजयी

३ फाल्गुन २०८०, बिहीबार १९:३६ मा प्रकाशित ( ३ महिना अघि) ७२३ पाठक संख्या
नारी बाटिका


धादिङ ०३ फागुन ।

नेकपा एमाले धादिङको नवौ जिल्ला अधिबेशनबाट भुमी त्रिपाठीको प्यानल बिजयी भएका छन् । बिहिबार सम्पन्नबिद्युतिय भोटिङ बाट प्रतिस्पर्धी डा.रामकुमार अधिकारीको प्यानललाई हराउँदै भुमी त्रिपाठीको प्यानल बिजयी भएको हुन् । निवर्तमान अध्यक्ष भूमि त्रिपाठीले ३०९ मतका साथ अध्यक्ष लगायतका पुन त्रिपाठीको प्यानल विजयी भएका छन् ।

निवर्तमान अध्यक्ष भूमि त्रिपाठीले ३०९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी डा.रामकुमार अधिकारीले ७१ मत कमले पराजित हुनु भएको हो । त्यसैगरी उपाध्यक्षमा अर्जुन श्रेष्ठले ३१५ मत ल्यायी बिजयी भएका छन् । उनका प्रतिद्धन्दी रामकुमार आचार्य २३२ मत ल्याएका छन् ।

सचिबमा राधिका सापकोटा ३३८ ल्याई बिजयी हुँदा हरेराम लोहनीले २०९ मत मात्र प्राप्त गरेका थिए । महिला उप सचिवमा उर्मिला रेग्मीले ३५१ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्दि खुपी कुमारी तामाङले १९६ मत ल्याएकी छिन् ।

यस्तै खुल्ला उपसचिवमा भक्तबहादुर लामिछाने ३४८ मत प्राप्त गरि बिजयी भएका छन् भने काजी श्रेष्ठले १९९ मत प्राप्त गरेका थिए । आज सम्पन्न अधिवेशनले १ सय ५ सदस्यीय कमिटी र ७ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । जिल्ला कमिटीको ५५ जना सदस्य भने सर्वसम्मत निर्वाचित भएका थिए ।
माघ १९ मा अधिवेशनको बन्द सत्रमा मतदानको प्रक्रिया प्रारम्भ अगावै दुई पक्षबीचमा मतभेध तथा विवाद हुंदा हात हालाहालको अवस्थामा पुगेपछि निर्बाचन रोकिएको थियो । उक्त मितीमा स्थगित अधिवेशनको निर्बाचनको कार्य बिहिबार मतदान सम्पन्न भएको हो । १५ वटा विद्युतीय मेशिनबाट मतदान गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस