आज:  | Sun, 19, May, 2024

धादिङको बेनिघाट रोराङ ३ मा सवारी दुर्घटना हंदा ३१ जना घाईते

५ फाल्गुन २०८०, शनिबार १७:३४ मा प्रकाशित ( ३ महिना अघि) ३४६ पाठक संख्या
नारी बाटिका


धादिङ ५ फागुन

धादिङको बेनिघाट रोराङ ३ मा सवारी दुर्घटना हंदा ३१ जना घाईते भएका छन् । आज बिहान अ. १० ः२० बजेको समयमा बेनिघाट रोराङ गाउँपालिका ३ हिलटप होटल नजिक पृथ्वी राजमार्गमा काठमाण्डौबाट चितवन तर्फ जादै गरेको बा ५ ख ५०७१ नं।को बस र विपरित दिशाबाट आउदै गरेको लु १ ख ५२६८ नं.को ट्रक एक आपसमा ठक्कर खादा निम्न स्मानिसहरु घाईते भएका छन् ।

भाईतेहरुको उपचारको लागी निम्न अस्पताल तर्फ पठाईएको छ । दुर्घटना स्थानमा प्र.चौ.मलेखुबाट प्र.स.नि.को कमाण्डमा र जिल्ला ट्राफिक कार्यलयबाट्र प्र.नि.को सयुक्त टोलि खटिई गई घाईतेहरुको उद्धार गरेको थियो । दुर्घटना भएको दुबै सवारी साधन घटना स्थलमा रहेको, बाटो एक तर्फि सुचारु रहेको,उक्त स्थान प्रहरीचौकी मलेखुबाट अं.२ किलोमिटर पश्चिम तर्फ भएको हो ।

घाईतेको नामावलि निम्न अनुसार, थप बिबरण आउन बांकी

निम्न घाईतेः
राजमार्ग अस्पताल मलेखुमा उपचारार्थ घाईतेः
१.बस चालक जिल्ला मकवानपुर बस्ने वर्ष ३२ को रत्न तामाङ,खुट्टमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर। २.ट्रक चालक जिल्ला बर्दिया बस्ने बर्ष २५ को सुरेश चौधरी,टाउकोमा चोट,अबस्था मध्यम,काठमाण्डौ रिफर । ३.बसमा सबार जिल्ला काठमाण्डौ बाफल बस्ने बर्ष की सारदा कार्की,खुट्टामा चोट,अबस्था मध्यम काठमाण्डौ रिफर । ४.बसमा सबार बर्ष ७४ को रामहारी के.सी,टाउकोमा चोट,अबस्था मध्यम,काठमाण्डौ रिफर ।५.बसमा सबार जिल्ला काठकाण्डौ कलङ्की बस्ने केशबराज पौडेल,मुख,टाउकोमा मध्यम,चोट काठमाण्डौ रिफर।

यस्तै ६.बसमा सबार नवलपरासी बस्ने बर्ष ४९ को माधब नेपाल को मुख,टाउकोमा चोट,अबस्था मध्यम,काठमाण्डौ रिफर । ७.बसमा सबार जिल्ला काठमाण्डौ बस्ने बर्ष ५० कृष्ण ढुङ्गाना,खुट्टामा चोट,अबस्था मध्यम काठमाण्डौ रिफर ।८. बसमा सबार जिल्ला काठमाण्डौ बस्ने बर्ष ६६ की सत्यदेवी कडेल,नाकमा चोट,अबस्था मध्यम काठमाण्डौ रिफर ।९.बसमा सबार जिल्ला रामेछाप मन्थली बस्ने बर्ष ५६ को रामशरण अधिकारी,निधारमा चोट,अबस्था मध्यम । १०.जिल्ला काठमाण्डौ बस्ने बर्ष ५० की निर्मला शेढाई,छातिमा चोट,अबस्था मध्यम,काठमाण्डौ रिफर गरिएको छ ।

यस्तै ११.जिल्ला काठमाण्डौ बस्ने बर्ष ६० को सुर्य खवास,मुखमा र घुडामा चोट,अबस्था मध्यम काठमाण्डौ रिफर । १२.जिल्ला काठमाण्डौ बस्ने बर्ष ५६ को बिरेन्द्र कुँवर,खुट्टामा चोट अबस्था,मध्यम काठमाण्डौ रिफर । १३.जिल्ला काठमाण्डौ बस्ने बर्ष ६३ को अम्बिका साप्कोटा,खुट्टा,छातिमा चोट मध्यम ।
१४.जिल्ला काठमाण्डौ बस्ने बर्ष ७६ को एकदत्त सापकोटाको नाकमा चोट अबस्था मध्यम । १५.जिल्ला काठमाण्डौ बस्ने बर्ष ५६ को गोमा ढुङ्गानाको हात, मुखमा चोट अबस्था मध्यम । १६.ट्रकको सह चालक जिल्ला वुटवल बस्ने बर्ष १६ खेम माझिँको टाउकोमा चोट अबस्था मध्यम १७.जिल्ला नुवाकोट बस्ने बर्ष २३ को सनम नेपालीको नाकमा चोट मध्यम रहेको जनाइएको छ ।

यसैगरी १८.जिल्ला काठमाण्डौ बस्ने बर्ष ५६ की दुर्गा थापाको खुट्टामा चोट मध्यम । १९. जिल्ला काठमाण्डौ बस्ने बर्ष ४३ कि सिता पाण्डे,टाउकोमा चोट,अबस्था मध्यम । २०.जि।मकवानपुर बस्ने बर्ष ५५ कि सानुमाया तामाङ,शरिरको बिभिन्न भागमा चोट,अबस्था मध्यम,काठमाण्डौ रिफर ।२१.ऐ.ऐ.बस्ने वर्ष ५० कि देबकि बस्ने,शरिरको बिभिन्न भागमा चोट,अबस्था मध्यम,काठमाण्डौ रिफर गरिएका छन् ।

यसैगरी टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेः
२२. जि।काभ्रे स्यामपाटी बस्ने बर्ष ३७ कि साबित्री गुरागाई,अनुहारमा चोट,अबस्था सामान्य । २३.जि।लम्जुङ राजनाथ न।पा।५ बस्ने ५६ को रामचन्द्र बख्रेल,अनुहारमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर । २४.ऐ।ऐ।बस्ने बर्ष ५२ को ईन्द बख्रेल,टाउकोरकम्मरमा चोट,अबस्था मध्यम । २५. जि।काठमाण्डौ का.म.नपा.१४ बस्ने बर्ष ५७ कि कुमारी खड्का,अनुहाररछात्तीमा चोट,अबस्था सामान्य ।२६. ऐ.ऐ.४ बालाजु बस्ने बर्ष ५८ कि कुमारी पुन,अनुहाररदुबै खुट्टामा चोट,अबस्था मध्यम रहेको छ ।

यस्तै २७. जि।धादिङ धुनिबेशि न।पा।२ बस्ने बर्ष ६२ को कृष्ण भण्डारी,अनुहाररबांया खुट्टामा चोट,अबस्था मध्यम । २८.जि।दोलखा घर भई हाल जि.काठमाण्डौ का.म.न.पा.१४ बस्ने बर्ष ५६ कि लक्ष्मी सुबेदी,निधारमा चोट,सामान्य । २९.जि।गुल्मी सेरुङगा न।पा।२ बस्ने बर्ष ६० को कृष्ण थापा,अनुहार रदुबै खुट्टामा चोट,अबस्था सामान्य । ३०.ऐ.ऐ.बस्ने बर्ष ५२ कि प्रेम कला थापा,दाहिने कुममा चोट,अबस्था सामान्य । ३१.जि.सि.पा.घर भई हाल जि.काठमाण्डौ का.म.न.पा.१४ बस्ने बर्ष ३८ कि लक्ष्मी श्रेष्ठ,दांया खुट्टामा चोट,अबस्था सामान्य जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी तथा प्रहरी नायव सन्दुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस