आज:  | Sun, 19, May, 2024

सरोकारवालासंग लैगिक हिंसा बिरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न

७ फाल्गुन २०८०, सोमबार १०:३४ मा प्रकाशित ( २ महिना अघि) ४३७ पाठक संख्या
नारी बाटिका


 

भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ ७ फागुन ।

आईतबार नारी जागरण केन्द्रद्वारा सरोकारवालासंग लैगिक हिंसा बिरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नारी विकास महिला सहकारी संस्थाको ब्यवस्थापन सहयोगमा आईतबार धादिगवेसीमा लैंगिक हिंसा बिरुद्धको जिल्ला सेवा केन्द्र संग सम्वन्धित विषयमा सरोरवालाबिचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

पछिल्लो समयमा आफ्ना परिवार,नातागोता र चिनेजानेकाहरुबाट बलात्कृत हनेको संख्या भने बढ्दो छ । विभिन्न प्रकारले परेका हिंसा प्रभावितहरुका लागी विगत २५ वर्षदेखी धादिङमा रहेर प्रभावकारी रुपमा न्यायमा पहुँच पुर्याउने सेवाको काम गर्दै आईरहेको केन्द्रले वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा यही फागुन १ गतेदेखी कार्यक्रम संन्चालन गरिएको छ ।

यसैगरी लैंगिक हिंसा विरुद्धका क्षेत्रमा जिल्लास्थित यस सवालसंग सरोकार राख्ने सरकारी तथा गैरसरकारी संस्था तथा ग्रामिण भेगका महिला समुहको सहभागितामा सचेतनामुलक अभिमुखीकरण गरेको हो । समुदाय स्तरमा कानुनी सचेतना तथा लैंगिक हिंसा बिरुद्धको सचेतनामुलक कार्यलाई तिब्र पार्दै आईरहेको जिल्ला प्रहरी कार्यलयसंगको सहकार्यमा काम गरिरहेको छ ।  तर पनि हिंसाका घटनामा कमी नआउनुले पनि सामाजिक संन्जाल,बेरोजगार ,समुदायका मानिसमा आधुनिकीकरण संगै फुर्सतिलो समय लगायको प्रभावका कारणले पनि सकारात्मक भन्दापनि नकारात्मक दिशातिर समाज गैरहेको हो की भन्ने वौद्धिक वर्गको चिन्ता समेत देखिन थालेको छ ।

विगत वर्षको तुलनामा जिल्लामा यस वर्ष लैंगिक हिंसाका घटनाहरु बिरुद्धमा जिल्ला प्रहरी कार्यलयमा उजुरी (निवेदन) दर्ताको हिसाबले कमी देखिएता पनि पछिल्लो समयमा हुने हिंसाको स्वरुप परिवर्तन भएको पाईएकोले यस बिरुद्धमा सरोकारवालाको बिचमा मा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

केन्द्रले यस वर्ष लैंगिक हिसा बिरुद्धको अभियानमा काम गर्ने वार्षिक योजना अनुसार जिल्लाको विभिन्न पालिकाको वडाहरु, ग्रामिण भेगका महिला समुहहरु,विद्यालयमा विशेष गरी किश्वर किश्वरीहरुमा सचेतनामुलक कार्यक्रम गरेको थियो । तर समुदायको भौगोलिक अबस्था,बस्ती,रहन,शहन,रिती रिवाज,जातजाती फरक फरक सामाजिक प्रचलन रहेकोले शहर बजार तथा एक दुई ठाउँमा कार्यक्रम गर्दै लैंगिक हिंसा घट्न नसक्ने अबस्था देखिन्छ । 

निमित्त यस्ता अभियानले निकै महोत्वपुर्ण भुमिका रहेको पाईन्छ तर यतिवेला देशका कुनैपनि गैह्र सरकारी संघसस्था ले नेपालको ग्रामिण भेग विगटमा जहाँ सरकार पुग्न नसकेको समुदाय स्तरमा आर्थिक,सामाजिक,भौतिक बिकासमा काम गरिरहेका भएता पनि सरकारद्धारा उचित मुल्याङकन नगरिदा बिकासका साँझेदार संस्थाहरु ओझेलमा परेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%९%

प्रतिक्रिया दिनुहोस