
नारी बाटिका
काठमाडौँ २३ फागुन।
डिभिजनल वन अधिकृत,पालिका अध्यक्ष लगायत जिल्ला वन कार्यलय सुखेतका कर्मचारी बिरुद्ध करिब ८५ लाख भ्रष्ट्राचारको अभियोग लागेको छ । गाउँपालिका अध्यक्ष र डिभिजनल वन अधिकृत ुसहत ११ जना विरुद्ध भ्रष्टाचार अभियोगको मुद्धा दर्ता भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कवीन्द्र कुमार केसी र डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दाहाल लगायत ११ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आरोपितहरूले ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आज अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार डिभिजनल वन अधिकृत दाहाल, गाउँपालिका अध्यक्ष केसी,तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल, तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्री, सिम्ता सब–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकारले अनियमितता गरेको ठहर गरेको छ ।
यसैगरी सिम्ता सब–डिभिजन वन कार्यालयका भोजप्रसाद उपाध्याय, सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकाश थापा, उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल, नाफ सिड्स प्रालीका सञ्चालक गौतम महर्जन र सिम्ता गाउँपालिका(५ का तत्कालीन वडाध्यक्ष मोहनकुमार बिसविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
आरोपितहरुले सोही गाउँपालिका–५ को उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई ८४ लाख ८६ हजार ६४२ रुपैयाँ अनियमितता भएको भेटिएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया दिनुहोस