आज:  | Mon, 29, Apr, 2024

शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति पौडेलबाट शुभकामना सन्देश

२८ फाल्गुन २०८०, सोमबार ०७:५२ मा प्रकाशित ( १ महिना अघि) ३४३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २८ फागुन।

आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार हो । यसै पर्वको अबसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । उहाँले शोमबार शुभकामना सन्देश मार्फत शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु भन्नु भएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा व्यक्त गर्नु भएको छ ।

नेपालको ७ प्रदेश मध्य विशेष गरी हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदाय सहित विभिन्न क्षेत्रमा छरिएर रहेका आदिवासी शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्ल पक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइदै आएको छ ।

आज ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबै जना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा चलिआएको छ ।

आफुनो धर्म र संस्कृती सम्रक्षणमा कतिवद्ध रहेको आदीवासी शेर्पा समुदायको महत्वपुर्ण ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक, सामाजिक र धार्मिक रूपले समृद्ध मुलुक निर्माण गर्नको निमित्त अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपति पौडेलले व्यक्ति गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%१%

प्रतिक्रिया दिनुहोस