आज:  | Mon, 29, Apr, 2024

आईतबार देशभर होली पर्व मनाइदै,अवान्छिक गतिविधी हुन नदिन उपत्यकामा ट्राफिक प्रहरीको कडाइ

१० चैत्र २०८०, शनिबार १९:०३ मा प्रकाशित ( १ महिना अघि) १६९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १० चैत।

भोली आईतबार देशभर होली पर्व मनाइदैछ । होली अथार्त फागु पुर्णिमामा शुद्ध अविर तथा रंगहरु भन्दा विषादी युक्त रंंगहरु लगाउनाले मानिसलाई अशर गर्ने तथा मादक पदार्थ सेवन गरी अवान्छिक गतिविधी हुन सक्ने भएको कारण यस्ता गतिविधि रोक्नको लागी उपत्यकामा ट्राफिक प्रहरीले कडाइ गर्ने भएको छ । फागु पुर्णिमा अर्थात् होली पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्ने भएको छ ।

यसका लागी उपत्यका ट्राफिक प्रहरीले बिहान ७ बजेदेखि सवारी जाँच गर्ने र यस कार्यमा नौ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने बताएको छ । काठमाडौं उपत्यकाका लगायत तीनै जिल्लाको सडकखण्मा धेरै संख्यामा ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको जनाएको छ । उल्लासको होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिक प्रहरीले कडाइ गर्न लागेको हो । ।

यस्तै विशेष गरी यस पर्वमा होली खेलेर रमाईलो गर्नेहरु हुन्छन् भने केही उच्छृङ्खल वर्गहरु पनि भेटिने भएकोले विगतको अनुभवलाई मध्यनजर गरी उपत्यका ट्राफिक प्रहरीले दुर्घटना रहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजना तय गरेको हो । सर्वसाधारणको सुरक्षाको लागी मुख्य सडक,चोक गल्लीमा पनि प्रहरीको बाक्लो परिचालन गर्न लागिएको छ ।

होलीको दिन अनावश्यक हर्न बजाउने, नियम विपरीत सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

साथै चेक जाँच र सुरक्षाका लागी ३० ओटा मोबाइल भ्यान परिचालन गरिने र आवश्यकता अनुसार मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राख्ने प्रहरीको तयारी छ । मादक पदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिकले विशेष निगरानी समेत गर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस