आज:  | Mon, 29, Apr, 2024

होली पर्वले पारस्परिक एकता कायम गरेको छ : सभापति देउवा

११ चैत्र २०८०, आईतवार १२:३१ मा प्रकाशित ( १ महिना अघि) १०९ पाठक संख्या
नारी बाटिका


काठमाडौं -११ चैत ।

नेपाली काँग्रेसका सभातपती तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवाले सम्पुर्ण नेपालीहरुमा होलको शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले “ फागुपर्वमा खेलिने विविध रङ्गजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपले विविधतापूर्ण रहेको छ, यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

यस्तै नेता देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धिमा प्रेरित गर्ने बताउनु भयो।

साथै उहाँले नेपालको हिमाल, पहाड र तराईका जिल्लामा आज र भोली दुइ दिनसम्म हर्षोल्लासका साथ एकअर्कालाई रङ छरी खुसीयाली साटासाट गर्दै खेलिने होली(फागु)पर्वको सुखद अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस