आज:  | Sun, 28, Apr, 2024

आज केही प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको

१६ चैत्र २०८०, शुक्रबार ०६:५२ मा प्रकाशित ( १ महिना अघि) १४६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १६ चैत।

गएको सुक्रबारदेखी देशको केही भू-भागमा सुरु भएको वर्षा आज एकसाता सम्मपनि जारी नै छ । हाल नेपालमा स्थानीय वायुको प्रभाव परेको छ । यसकै प्रभावले देशभर आंशिक देखि साधरणतया बदली भैरहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागको केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

यस्तै आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका थोरै स्थानमा र देशका बाँकी भू(भागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। साथै पहाडी भू-भागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस